छिन्ताङ् मन्दिरमा मैले जे देखे



ramesh
रमेश थापा

पूर्वी नेपाल को धनकुटा जिल्ला को छिन्ताङ् गा.बि.स. मा अवस्थित जाल्पा देवी मन्दिर पूर्वि क्षेत्र को प्रख्यात र नाम चलेको पुरानो धर्म बिस्वास मा आधारित छिन्ताङ् देवी लाई मान्ने गरिन्छ ।

म रमेश थापा भोजपुरे मेरो केही महिना अगाडि छिन्ताङ् मन्दिर मा दर्शन गर्ने मन र सोच भयो म दर्शन को लागि भोजपुरको घोरेटार बाट पेरूङ्गो मा भाले बोकेर त्यस तर्फ लागे । होम्ताङ् , सुनवालुवा फेदि अरुण नदी लामीवगरको पुल तरेर धनकुटा खोकु को फेदि हुदै उकालो बाटो जसो तसो छिन्ताङ् मन्दिर ४ बजे पैदल हिढाई पछी पुगियो ।

मेरो पहिलो चोटी भएको कारण यता उता हेरे चारै तिर गाउँ घर बिचमा जंङ्गल अनि ओरी परि तार घेरा बारा चिसो पानी जताततै बगि रहेको, अनि मन्दिर भन्दा ठिक तीन सय मिटर ओर स्वागतम जाल्पा देवी मन्दिर भनेर लेखिएको गेट छेउछाउ मा ८/१० ओटा फुल पर्साद राखिएका साना ढोके पसल अनि ठुलो बर को रूख त्यही को चौतारामा टुसुक्क बसेर थकित ज्यान एक्छिन आराम गरे १/२ जना गर्दै दर्शन गर्ने भक्त जन भेला हुदै गए त्यहाँ पुजा जब घाम अस्ताए पछि सुरु हुदो रहेछ ।2

२ घण्टा को इन्तचार पछि बुढा राई जाति का पुजारी बा. कम्मर मा खुकुरी भिरेर लौरो टेक्तै आउनु भयो अन्दाजि ६:१५ बजेको थियो .! त्यस पछि हामी पनी भित्र दर्शन गर्न मन्दिर गेट बाट प्रबेश गरौँ तर महिला भक्तजन अर्थात् दर्शन गर्न भित्र मेन मन्दिर जान नपाई प्रम्परागत नियम रहेछ । मेन गेट बाट तीन सय  मिटर जति भित्र छिरे पछि मन्दिर आउने रहेछ । मैले जे देखे त्यही कुरा आज सारा सामु लेख्दै छु । त्यहाँको सबै पुरातात्विक इतिहास देखे सानो बार मात्र लगाएको जंङ्गलको बिचमा भएको कारण त्यति सरसफाई नगरीयको अनि त्यही नजिकै एक जना मित्र लाई मैले सोधे सर यति धेरै नाम चलेको मन्दिर तर के मन्दिर तथा भक्तजनको सेवा को लागि मन्दिर सरसफाई को लागि कुनै समिति छैन ? भनेर सोधे समिति त छ.! तर काम नै गर्दै भन्नु भयो ।

पुजा जसो तसो सुरु हुने 1 भयो कसैले हास कसैले कुखुरा बोका को बलि दिने गरिन्छ । र मैले हेरि रहे अन्दाजि १० ,११ बर्ष का साना भाईले ५,६ चोटी अचनामा राखेर जोखिम पुर्ण तरिकाले हास कुखुरा काटि रहेका थिए । अनि बोका काट्ने पालो आयो बिचरा सानो भाइले कुखुरा ५,६ चोटी मा छिनाउने अव बोका कति मा छिनाउलान हेर्दा पुजा भन्दा नि त्यहाँ को ब्यावस्था पन दुख लाग्यो .! रातको समय मा पुजा हुने भएको हुदा बत्ती को प्रयाप्त ्रूपमा थिएन ।

खै त्यहाँ का बुद्धिजीवी ? राजनीति समाज सेवी खै कसैको आँखा पुगेको देखिएन । त्यस्ता पुराणा मठ मन्दिर को जगेर्णा र प्रचार प्रचार सरसफाई र सरकारी ध्यान गएको खण्डमा त्यो एक ठूलो भक्तजन आउने ठाउँ र त्यही क्षेत्र को विकास मा टेवा पुग्ने ठाउँ हुने थियो । सरकारले गर्छ र खाउँला भन्नु भन्दा पनी त्यस्ता ठाउँको जगेर्णामा स्थानीय नै एक जुट हुनुपर्ने देखियो । र, मात्र हाम्रो गाउँ गाउँबाट गा.बि.स. जिल्ला हुदै देश विकास हुने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News