फागुन १ मा सार्वजनिक बिदा छैन : गृह मन्त्रालय


 


काठमाडौँ, माघ २९ । गृह मन्त्रालयले फागुन १ मा (भोलि) सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै भोलि सार्वजनिक विादा नरहेको जनाएको हो ।

मन्त्रालयले यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको फागुन १ को सार्वजनिक बिदा कायम नरहेको बताएको छ ।

गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको प्रष्ट पारेको छ ।

प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्