पार्टीलाई समय नदिनेलाई कारबाही गर्ने प्रचण्डको घोषणा


 


काठमाडौँ, माघ २९ । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि प२रा नगर्ने नेताहरुलाई कारबाही गर्ने घोषणा गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो चेतावनी दिएका हुन् । उनले कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरुलाई भोलि या पर्सीसम्ममा रिपोर्ट दिन पनि निर्देशन दिए ।

यस्तै प्रचण्डले अभियानका क्रममा धेरै खटिने नेताहरुलाई विशेष सम्मान गरिने पनि बताएका छन् ।

प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्