प्रभु बैंक रूकुम शाखाका अपरेसन इन्चार्जविरूद्ध उजुरी, रकम हिनामिनाको आरोप


 


रूकुम पश्चिम, फागुन २ । रूकुम पश्चिमको आठबिसकोटस्थित प्रभु बैंकका अपरेसन इन्चार्ज निरजविक्रम शाहमाथि एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

पैसा हिनामिना गरेको आरोपमा उनीविरुद्ध उजुरीसमेत परेको छ । प्रभु बैंकको कर्णाली प्रदेश कार्यालयका इन्चार्ज शरद तिमिल्सिनाले मंगलबार जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा शाहविरूद्ध एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले यस विषयमा अध्ययन गरिने र यसमा अध्ययनको संलग्नाताबारे पनि पनि अध्ययन गरिने उनले बताए ।

अपरेसन इन्चार्ज शाहले पदको दुरूपयोग गरी बैंकका बचतकर्ताको खातामा अनधिकृत रूपमा रकम जम्मा गर्ने, अरूलाई ट्रान्सफर गर्ने र अनधिकृत रूपमा रकम निकाल्ने जस्ता अक्षम्य आर्थिक अपराध गरेको आरोपनि लगोको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्