आरती साहका लागि न्याय माग्दै नेविसंघको प्रदर्शन


 


काठमाडौँ, फागुन ४ । नेपाल विद्यार्थी संघले आरती साहको लागि न्याय माग्दै प्रदर्शन गरेको छ ।

नेविसंघ त्रिचन्द्र इकाइ समितिले साहका लागि न्याय माग्दै प्रदर्शन गरेको हो । उनीहरूले घण्टाघर नजिक नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा सहभागीहरुले ‘आरती साहलाई न्याय देऊ’, ‘महिला हिंसा बन्द गर’ भन्ने लगायतका नारा लेखिएको प्लेकार्ड र ब्यानर बोकेका थिए ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्