सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणापत्र सार्वजनिक


 


काठमाडौँ, फागुन ५ । नेपाली कांग्रेस सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिवार बानेश्वरमा आयोजित एक कार्यक्रममार्फत महाअभियानले सो घोषणापत्र सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको सो संगठनले मुलुकमा हिन्दु राष्ट्र स्थापना गर्ने अभियान सञ्चालन गर्दै आएको छ ।

सो संगठनको नेतृत्वमा कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललगायतका नेतामहरु छन् ।

प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्