रौतहटको ईशनाथका थप चार वडाहरुमा पनि कर्फ्यू जारी


 


रौतहट, फागुन ६ । रौतहटको ईशनाथ नगरपालिकाका अन्य थप चार वडामा पनि कफ्र्यू लगाइएको छ ।

सरस्वती पुजाको मूर्ति सेलाउने विषयमा विवाद भएर दुई समुदायबीच झडप हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो साँझदेखि ईशनाथ नगरपालिकाको वडा नं. ६ र ७ वडामा कर्फ्यू लगाएको थियो ।

अन्य वडाहरुमा पनि साम्प्रदायिक दंगा फैलिन थालेपछि स्थानीय प्रशासनले ती दुई वडाबाहेक वडा नं. २, ३, ४ र ५ मा पनि आज दिउँसोबाट कर्फ्यू आदेश जारी गरेको छ ।

प्रशासनले यी स्थानहरुमा १५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । यी वडाहरुमा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्