सहकारी पीडितहरु सहकारी विभाग अगाडि धर्नामा


 


काठमाडौं, फागुन ६ । सहकारी पीडितहरुले सहकारी विभाग अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।

यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा भएको ७ बुँदे सहमति कार्यान्वयन नभएपछि सहकारीपीडितहरु सहकारी विभाग परिसरमा अनिश्चितकालीन धर्ना सुरू गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा धर्ना सुरु भएको पीडितहरुले बताएका छन् । हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना हुने पीडितहरुले बताएका छन् ।

सहकारी पीडितहरूले बचत तथा कर्जा सुरक्षण कोष स्थापना हुनुपर्ने, ५० करोडभन्दा धेरै कारोबार गर्ने सहकारीको नियमन नेपाल राष्ट्र बैंकबाट हुनुपर्ने, सहकारी दर्ता, कार्यक्षेत्र तथा सेवा केन्द्र विस्तारमा एक वर्षसम्म रोक लगाउनुपर्ने लगायतको माग राखेका छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्