नेपालको बाटो हुँदै भारत तस्करी गर्न लागिएको ६४ हजार किलो चिनियाँ लसुन बरामद


 


काठमाडौं । नेपाल हुँदै तस्करी गर्न लागिएको ठूलो परिमाणको चिनियाँ लसुन भारतले सीमा क्षेत्रमा बरामद गरेको छ ।

बिहारको मोतिहारीस्थित सीमा शुल्क आयुक्तालयले ६४० टन चिनियाँ लसुन बरामद गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

जागरणमा प्रकाशित समाचार अनुसार आठवटा ट्याक्टरमा लैजान लागिएको ६४ हजार किलो लसुन एसएसबीका अधिकारीको सहयोगमा समाइएको हो ।

बरामद गरिएको लसुनको मूल्य १ करोड ३४ लाख भारतीय रुपैयाँ बराबरको रहेको जनाइएको छ । भारत सरकारले चिनियाँ लसुन स्वास्थ्यका लागि निकै हानिकारक भएको भन्दै पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

भारतीय अधिकारीहरुले तस्करले नेपाल- भारत खुला सीमाको फाइदा उठाएर लसुन तस्करी गर्ने प्रयास गरेको बताएका छन् ।

तस्करीमा संलग्नविरुद्ध कडा कारवाही गरिने पनि उनीहरुले उल्लेख गरेका छन् । तर, तस्करीमा संलग्न कतिजना समातिएका छन् भन्ने खुलाइएको छैन ।

भारतमा लसुनको भाउ बढेपछि तस्करको सक्रियता बढेको हो । भारतीय बजारमा अहिले लसुन ४ सय रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री हुने गरेको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्