नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त


 


काठमाडौं, फागुन ६
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका प्रसाद भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

डा. भट्ट यसअघि पनि नेपाल आयल निगमको कार्यकारी निर्देशकका रुपमा काम गरिसकेका छन् । उनी कार्यकारी निर्देशक हुँदा २०७१ असोज १३ गते आयल निगमले स्वचालित मूल्य प्रणाली शुरु गरेको थियो ।

उनी दुईपटक विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा समेत काम गरेका छन् । अहिले पनि उनी सेज प्राधिकरणको कार्यकारी निर्देशककै रुपमा कार्यरत छन् ।

अध्ययनका हिसाबले भट्ट इञ्जिनियर हुन् । उनले जापानको इहिमे विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् भने थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलेजीबाट स्नातकोत्तर गरेका हुन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्