प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध


 


काठमाडौं, फागुन ७ । ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरिएको छ । पत्रकारहरुलाई प्रवेश नदिएसँगै पत्रकारहरुले बिरोधस्वरुप क्यामेरा डाउन गरेका छन् ।

सूचना तथा प्रशारण प्रेस कार्ड हुनेहरुलाई पनि प्रवेश नदिएपछि पत्रकारहरुले बिरोध जनाएका हुन् ।

प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्