देउवा–गगनबीच प्रतिवेदनमा भएन सहमति, पुनः बैठक बस्ने


 


काठमाडौँ, फागुन ७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सांगठानिक प्रतिवेदनका विषयमा सभापति शेरबहादुर देउवाले असन्तुष्टि जनाएपछि सहमतिको प्रयास गरिएको छ ।

प्रतिवेदनका विषयमा सभापति देउवा निवास बुढानीलकण्ठमा सोमबार भएको शीर्ष नेताहरुबीचको सहमतिको प्रयास असफल भएको छ । छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माका साथै प्रमुख सचेतक रमेश लेखक रहेका थिए ।

महामन्त्री थापाको प्रतिवेदनमा चुनावअघि गठबन्धन गर्न नहुने विषय समेटिएको छ । उक्त विषय सच्चाएर मात्रै महासमिति बैठकमा प्रतिवेदन लैजान महामन्त्री थापालाई सभापति देउवा पक्षले जोड दिएका छन् । यद्यपि थापा सहमत भएका छैन । जसले गर्दा थापाको प्रतिवेदन छपाईका लागि प्रेसमा पठाइएको छैन ।

सहमति नजुटेपछि महासमिति बैठक निर्धारित समयमै उद्घाटन गर्ने र सहमतिको प्रयास पनि जारी राख्ने गरि छलफल सकिएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्