कांग्रेस महासमिति बैठकमा प्रेस युनियनको सहभागिता नहुने


 


काठमाडौँ, फागुन ७ । नेपाली कांग्रेसको महासमिति बैठकमा कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको संस्थागत रूपमा सहभातिा नहुने भएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालले विज्ञपित जारी गर्दै लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि हस्तक्षेप भएकाले महासमिति बैठकमा युनियनको संस्थागत सहभागिता नहुने जनाएका छन् ।

उनले कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपव्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र काङ्ग्रेसबिचको शुभेच्छुक सम्बन्धलाई बिथोल्न चाहनेहरूलाई बल पुगेको बताएका छन् ।

‘कांग्रेसको महासमिति बैठकका सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा लेखिएकोछ, ‘नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत प्रवाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासङ्गिक र अनधिकृत निर्णय गरिएकोप्रति युनियनको गम्भीर आपत्ति छ ।’

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्