रौतहट घटनाको विरोधमा वीरगञ्ज बजार बन्द


 


वीरगन्ज, फागुन ७ । रौतहट घटनाको विरोधमा हिन्दु समाजले वीरगन्ज महानगरपालिकाको बजार ठप्प बन्द गरेको छ ।

हिन्दु समाजका कार्यकर्ताले जय श्रीरामको नारा लगाउँदै बजार बन्द गराएका हुन् । बन्दका कारण घण्टाघर, माई स्थान, आदर्शनगर, घडिअर्वा पोखरीसहित मुख्य सडकमा रहेको अधिकांश पसल बन्द छन् ।

हिन्दु समाजका समर्थकहरूले नाराबाजी गर्दै प्रदर्शन गरिरहेकोले बजार बन्द रहेको पर्साका निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले जनाए ।

हिन्दु समाजले प्रदर्शन गर्नुको साथै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्