गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालिन परिस्थितिमा भर पर्छ : देउवा


 


काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्षण् तत्कालिन परिस्थितिका आधारमा हुने बताएका छन् ।

सोमबार ललितपुरको गोदावरीस्थित आयोजना गरिएको महासमिति बैठकमा बोल्दै देउवाले यस्तो बताएका हुन् । उनले गठबन्धनको औचित्य, सान्दर्भिकता लगायत विषयको मूल्यांकन र छलफलपछि मात्रै निर्णय गरिने बताए ।

कांग्रेसका महामन्त्री समेत रहेका गगनकुमार थापाले २०८४ मा कुनै पनि दलसँग गठबन्धन नगरी चुनाव लड्न यही महासमितिको बैठक पारित गर्नुपर्ने भनेर प्रस्ताव तयार गरेपछि सभापति देउवाको यो धारणा आएको हो ।

यस विषयमा छलफल गर्न सोमबार बिहान महामन्त्री थापा र सभापति देउवाबीच बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक समेत बसेको थियो । यद्यपि उनीहरूबीच सहमति जुट्न सकेन । यस विषयमा छलफल जारी राख्न दुई नेता सहमत छन् ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्