एक किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौँ, फागुन ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौँ आएका ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पहरीले पक्राउ गरेको हो ।
विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुनसहित उनी सोमबार राति पक्राउ परेका हुन् ।
उनको साथबाट प्रहरीले अर्धठोस सुन ८५५ ग्राम बरामद गरेको छ । उनलाई थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार