गठबन्धनको एजेण्डा नै एमालेको बदनाम गर्नु हो : अध्यक्ष ओली


 


काठमाडौँ, फागुन ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको एकमात्र एजेण्डा एमालेको विरोध र बदनाम गर्ने मात्र रहेको बताएका छन् ।

मंगलबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले गठबन्धनको उद्देश्य भनेको नै नेकपा एमालेको विरोध गर्नु रहेको बताए । ‘एमालेलाई बदनाम गराउने एउटामात्रै गठबन्धनको एजेण्डा हो’ उनले भने, ‘जनतामा निराशा छ । नागरिकहरु विदेश पलायन भइरहेका छन् ।’

अध्यक्ष ओलीले गठबन्धन राष्ट्रियताप्रति कमजोर, सुशासन प्रति कमजोर रहेको समेत बताए ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्