नेविसंघको महाधिवेशनकाे मिति प्रस्ताव, यस्ताे छ कार्यतालिका


 


काठमाडौं, फागुन ९ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशन आगामी वर्षको असार ११ गते गर्ने गरी प्रस्ताव गरेको छ ।

कांग्रेसको जारी महासमिति बैठकमा सहभागी केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् ।

उनले महाधिवशनको कार्यतालिका नै प्रस्तुत गर्दै आगामी चैत १५ देखि ०८१ वैशाख १५ गतेसम्म सुझाव सङ्कलन र सदस्यता वितरण गर्न प्रतिनिधि चयन गर्ने प्रसताव गरेका छन् ।

त्यस्तै प्रतिनिधि चयन गर्न सूची प्रकाशन वैशाख २५ मा, ०८१ जेठ १ गते मावि, उमावि, सिटिइभिटी, क्याम्पसका अधिवेशन गर्ने प्रस्ताव गरिएको छ।

जेठ ३ गते स्थानीय, गाउँरनगर अधिवेशन, जेठ ६-१० सम्म उपत्यकाभित्रका क्याम्पस विश्वविद्यालयहरू अधिवेशन, जेठ १६ गते ७७ जिल्ला अधिवेशन, जेठ २५ गते प्रदेश अधिवेशन र ०८१ असार ११ गते १२ औं केन्द्रीय महाधिवेशन गर्न अध्यक्ष शेर्पाले प्रस्तावित कार्यतालिका पेश गरेका छन् ।

लामो समयदेखि नेविसंघले महाधिवेशन गरेको छैन । कांग्रेसले महाधिवेशन गर्न भन्दै तदर्थ समिति बनाउँदै म्याद थप गर्दै आइरहेको छ ।

यसैबीच नेविसंघले यही फागुन १५ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्