एमाले कैलालीको अध्यक्षमा ४ जनाको उम्मेदवारी


 


धनगढी, फागुन ९ । नेकपा एमाले कैलालीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ ।

सहमतिको प्रयास असफल भएपछि अधिवेशन आज (बुधबार) निर्वाचन प्रक्रिया अघि बढाउँदा चार जनाको उम्मेदववारी परेको हो ।

अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे, पूर्वप्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना र जिल्ला कमिटी सदस्य कमलसिंह रानाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जानकारी दिएको छ ।

उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, विष्णु चौधरी, दलबहादुर विष्ट, वीरेन्द्र रावल, आनन्द भट्ट र मदनराज ओझाको उम्मेदवारी परेको छ ।

यसैगरि सचिवमा ममताप्रसाद चौधरी, दानबहादुर विश्वकर्मा र विष्णुकुमार चन्दको उम्मेदवारी परेको छ भने उपसचिवमा किशोर शाह, रत्ना कुँवर, नृप खड्का, भुवन रिजाल, चुडामणी भट्ट, मदनराज रेग्मी, राजु गुरुङ, चक्र बहादुर विष्ट, अम्बिका विष्ट मल्ल, गंगाकुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरीले उम्मेदवारी दिएका छन् ।

अधिवेशन सुरु भएको चार दिनसम्म पनि सहमतिको प्रयास गर्न नसकेको एमाले कैलालीले यो बीचमा पनि सहमतीका लागि छलफल जारी राख्ने जनाएको छ ।

निर्वाचन कमिटिले दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकेको छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्