राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन


 


काठमाडौं, फागुन ९ । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाकाे माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (बुधबार) काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत राप्रपाले आज काठमाडौंमा प्रदर्शन गरेको हो ।

राप्रपाले प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रणलगायतका विभिन्न ४९ बुँदे मागसहित विरोध प्रदर्शनमा उत्रिएको छ ।

देशभर प्रदर्शन र सभा गरेर चैतको पहिलो साता काठमाडौं केन्द्रित प्रदर्शन र भेला गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यसै कार्यक्रम अन्तगृत राप्रपाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, र्‍यालीसहित दबाबमुलक कार्यक्रम गर्ने तथा देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्