नेप्सेमा ६ अंकको गिरावट, २ अर्ब बढीको कारोबार


 


काठमाडौं, फागुन ९ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा बुधबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ६.४६ अंकले घटेर दुई हजार २६ दशमलव ५९ विन्दुमा बन्द भएको हो ।

नेप्से परिसूचकसंगै कारोबार रकम पनि घटेको छ । मंगलबार तीन अर्ब रुपैयाँको कारोबार भएको नेप्सेमा आज २ अर्ब २४ करोड १९ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ८० वटाको बढेको छ भने १५९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२,३९३.८० रुपैयाँ पुगेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूलय पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १९७८.५० रुपैयाँ पुगेको छ ।

यसका साथै आज हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य पनि १० प्रतिशतले बढेको छ । त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ७.८४ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको ११ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्