बन्दक बनाएर करोडौंको लेनदेनको कागज गरेको आरोपमा कांग्रेस नेता लामाविरुद्ध उजुरी


 


काठमाडौं फागुन ९ । गैर आवासीय नेपाली ज्ञानेन्द्र खड्काले नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

आफूलाई अपहरण गरी २० करोड रुपैयाँ लेनदेनको कागज गराएको आरोप लगाउँदै उनले प्रहरीमा लामाविरुद्ध उजजुरी दिएका हुन् ।

उनलले बुधबार सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै गत पुस २३ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामा र उनका साथी सहदेव कक्षपतिले खड्कालाई ललितपुरको आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउसमा लगेर आठ घण्टाभन्दा बढी समय बन्धक बनाएको उल्लेख गरेका छन् ।

‘मेरो गाडी छेकी मास्क र टोपी लगाएर मलाई त्यहाँबाट अपहरण गरी सानेपास्थित लन्डन हाउस होटलको रुममा लगेर ८ घन्टाभन्दा धेरै बन्धक राखी तँसँग २००÷३०० करोड पैसा उठाउनु छ, हामीसँग पुलिस सीआईबी सब मिलेको सम्म भनेर धम्की दिएर तँसँग भएको क्रिप्टो र बिटक्वाइन छ भनेर मेरो मोबाइल र ल्यापटपसमेत कब्जा गरेका हुन्ु, उनले विज्ञप्तिमा भनेका छन् ।

क्रिप्टो र बिटक्वाइन नभेटेपछि जबरजस्ती २० करोडको कागज गराइएको उनको भनाइ छ । ​

अपहरणकारीहरूले घर परिवार र प्रहरीलाई भने राम्रो हुँदैन भन्दै धम्कीसमेत दिएको उनले बताएका छन् ।

यहाँबाट निस्केर घर परिवारलाई सुरक्षित स्थानमा राखेर मात्र आफू कानुनी रूपमा लड्न अगाडि आएको उनको भनाइ छ ।

उनले दिएको उजुरीबारे ललितपुर प्रहरी प्रमुख शेखर खनालले महाशाखाबाट जाहेरी आएको र दर्ता गरेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका लामा कांग्रेसको केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्