मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै अनेरास्ववियुले निकाल्यो मसाल जुलुस


 


काठमाडौं, फागुन ९ । भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै एमाले समर्थित अनेरास्ववियुले उनको पुत्ला जलाउँदै मसाल जुलुस प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले बुधबार त्रिचन्द्र कलेजमा अनेरास्ववियुले बालकुमारी घटनामा ज्वालाको विरोध गर्दै पुत्ला जलाउँदै मसाल जुलुस निकालेको हो ।

प्रर्दशनका उनीहरुले क्रममा ‘बालकुमारी घटनाको प्रतिबेदन सार्बजनिक गर, हत्यारा मन्त्रीलाई बर्खास्त गर, गठबन्धन सरकार मुर्दाबाद’ भन्दै नारा लगाएका थिए ।

प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्