महासमिति बैठकमा हिन्दु राष्ट्रको विषय प्रवेश, पड्कियो ताली


 


काठमाडौँ, फागुन १० । नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको विषयले प्रवेश पाएको छ ।

ललितपुरस्थित गोदावरीमा जारी महासमिति बैठकमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले यो विषय प्रवेश गराएका हुन् ।

महासमिति बैठकमा नेता भण्डारीले १ हजार बढी महासमिति सदस्यको हस्ताक्षरसहितको पूरक प्रस्ताव राखेका थिए ।

उनको प्रस्तावलाई महासमिति सदस्यहरुले ताली पड्काएर समर्थन गरेका थिए ।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्