एमालेले माग्याे तीन मन्त्रीकाे राजीनामा


 


काठमाडौँ, फागुन ११ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन मन्त्रीको राजीनामा मागेको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै एमालेका सांसद योगेश भट्टराईले तीन मन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा मागे ।

सांसद भट्टराईले बालकुमारी घटनामा छानबिन समितिले दोषी देखाएका मन्त्री ज्वाला, टेरामक्स प्रकरणमा दोषी देखिएका मन्त्री बस्नेतको राजीनमा माग गरे । यस्तै उनले मन्त्री सुदन किरातीले लुम्बिनीको रामग्राम स्तुप क्षेत्र निजी कम्पनीलाई लिजमा दिने विषयमा गलत गरेको भन्दै राजीनामा मागेका हुन् ।

एमालेले मिटरव्याजपीडितलाई कारबाही गर्न गठबन्धन सकार असफल भएको पनि बताए ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्