रुसी सेनामा कार्यरत नेपालीहरुले दिए उद्धारका लागि निवेदन


 


काठमाडौँ, फागुन ११ । रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् ।

रुस–युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन् ।

उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । विभागमा महानिर्देशक प्रकाशमणि पौडेलले रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन् । उनीहरु व्यक्तिगत पहल तथा सरकारको पहलमा सकुशल नेपाल फर्किन सफल भएका हुन् ।

रुसी सेनामा कार्यरत १२ जना भन्दा बढी नेपालीको मृत्यु भइसकेको बताइएको छ । तर हालसम्म १० जनाको मात्रै आधिकारिता पुष्टि भएको छ । तीबाहेक अन्य नेपालीको पनि मृत्यु भएको अनुमान गरिएको छ ।

युक्रेन रुसबिचको युद्धका लागि नेपालीहरू समेत रुसी सेनामा भर्ना हुँदै आएका थिए । यतिबेला भने सरकारले श्रम स्वीकृति र रुस भ्रमणमा रोक लगाएको छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्