लुगामा सुन दलेर आएका युवक विमानस्थलबाट पक्राउ


 


काठमाडौं, फागुन ११ । दुबईबाट लुगामा सुन दलेर नेपाल आएका एक युवक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

इन्डिगो एअरलाइन्सको विमान चढेर आएका भारतका ३५ वर्षीय मोहम्मद जिसाहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिसाह दुबईबाट मुम्बई हुँदै बिहीबार बिहान काठमाडौं आइपुगेका थिए । शंकास्पद व्यवहार देखाएपछि प्रहरीले शरीर खानतलासी गर्दा उनले लगाएको पाइन्ट, गञ्‍जी र अन्डरवेयरमा समेत सुन भेटिएको जनाइएको छ ।

उनले कपडामा दलेर कम्तिमा २ किलो २१० ग्राम सुन तस्करी गरेको भेटिएको छ । उनीमाथि थप अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्