एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना निर्वाचित


 


कैलाली, फागुन १२ : नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित हुनुभएको छ । उहाँले अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गर्नुभएको हो ।

निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा ममताप्रसाद चौधरी, उपसचिवमा चूडामणि भट्ट र महिला उपसचिवमा गङ्गाकुमारी चौधरी विजयी हुनुभएको छ ।

मतदान गए राति सकिएको थियो । मतगणना भने आज बिहान सकिएको हो । यही फागुन ६ गते अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । पाँच सय ९१ प्रतिनिधि रहेको जिल्ला अधिवेशनमा पाँच सय ७७ मत खसेको थियो ।

प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्