सामाजिक सञ्जाल बन्दले लोकतन्त्र संस्थागत हुँदैन : नेता गिरी


 


काठमाडौँ, फागुन १२ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्दा लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

कसैलाई मन नपरेको भरमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्रको संस्थागत हुन नसक्ने जिकिर गरे ।

उनले नियमन र निगरानीको बाटो हुँदाहुँदै पनि सामाजिक सञ्जाल बन्द गर्ने अवस्थामा नरहेको बताए ।

सामाजिक सञ्जाललाई अनुसन्धानका आधारमा नीति बनाइ नियमन गर्न जरुरी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्