भारतीय नम्बरको कारको ठक्करबाट साइकलयात्रीको मृत्यु


 


धनगढी, फागुन १२ । कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतिपुर चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

टीएस08 जिबी6537 कारको ठक्करबाट साइकल यात्री सोही ठाउँका ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रबार राती मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाइते भएका उनको लालरत्न अस्पताल लम्कीमा उपचार सम्भव नभएपछि टिकापुर अस्पताल लगिएकोमा त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो

कार र चालक लम्कीचुहा नगरपालिका–१० का ४२ वर्षीय भुवन जोशीलाई प्रहरीले लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्