एम्लुबेन्सभित्र भेटियो २७३ किलो गाँजा


 


काठमाडौँ, फागुन १३ । सुनसरीको बराहक्षेत्रमा एम्बुलेन्सभित्र २७३ किलो गाँजा फेला परेको छ ।

आइतबार बिहान बराहक्षेत्र नगरपालिका–१, चतराबाट को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको हो ।

चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र गाँजा भेटिएको हो ।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्