अस्पतालबाट शिशु छाडेर आमा बेपत्ता


 


काठमाडौं, फागुन १३ । वीरगञ्जको नारायणी अस्पतालबाट एक जना महिला नवजात शिशु छाडेर बेपत्ता भएकी छन् ।

छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि आमा शिशु छोडेर बेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाका अनुसार, १२ फागुनमा एक जना महिलाले शिशुलाई जन्मदिएकी थिइन् ।

प्रहरीका अनुसार, ती महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगञ्ज’ टिपाएकी थिइन् ।

देख्नेहरुले भने शिशुलाई जन्मदिएकी महिला र उनको सासुबीच अस्पतालमा झगडा भएको देखेको बताएका छन् ।

प्रकाशित मिति: १३ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्