माओवादी नेतासहित १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
![](https://www.deshkonews.com/wp-content/uploads/2019/06/Akhtiyar-768x510.jpg)
काठमाडौं । झापाको दमकमा २९ विगाहा १७ कठ्ठा सरकारी जग्गा हिनामिनामा एक सय ७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा नापीका कर्मचारी र जग्गधनीविरुद्ध मुद्दा दायर गरेको हो ।
दमकको रतुवा खोला आसपासको सो सरकारी जग्गा पुनःनापीका बखत विभिन्न व्यक्तिको नाममा घुसाएर हिनामिना भएको थियो । जून काठमाडौंको बालुवाटारको जस्तै अर्काे ठूलो जग्गा हिनामिना हो ।
जून दमकको बालुवाटारकाण्डका नामले समेत परिचित छ । जसको नेतृत्व माओवादी नेता रेवतराज(गगन) पुरीले गरेका थिए । पुरी र उनका परिवारविरुद्ध पनि मुद्दा दायर भएको छ ।
प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार