संसदमा एमालेको नाराबाजी, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ, फागुन १४ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि बैठक १५ मिनेका लागि स्थगित भएको छ ।
बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले सरकारको विरोध तथा विवादित मन्त्रीहरुको राजीनामा माग्दै बैठक अवरोध गरेका थिए ।
सांसदहरुलाई पटकपटक बस्न आग्रह गरेपनि उनीहरुले नसुनेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।
उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।
प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार