नदीमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता


 


कास्की, फागुन १४ । पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

नदीमा माछा मार्ने क्रममा डुबेर पोखरा महानगरपालिका–१ कस्केरी बस्ने ४० वर्षीय मंगा तामाङको मृत्यु भएको छ भने सोही टाउँका ४३ वर्षीय रक्से तामाङ बेपत्ता भएका हुन् ।

माछा मार्ने क्रममा मंगा र रक्से डुबेर वेपत्ता भएको खबरपछि वडा प्रहरी कार्यालय बैदाम, गण्डकी प्रदेश प्रहरी गण पोखरा र सशस्त्र प्रहरी बल समेतको टोलीले खोजी गर्ने क्रममा मंगाको शव आइतबार राति फेला परेको हो ।

रक्से तामाङको खोजी भइरहेको र सय सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्