कार्टुनमा लेपन गरेको आधा किलो सुनसहित भारतीय महिला पक्राउ


 


काठमाडौँ, फागुन १४ । सुनलाई कार्टुनमा लेपन गरेर ल्याउने एक भारतीय महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।

अवैध सुन ल्याएको आरोपमा भारतको तेलंगाना घर भएकी ३७ वर्षीया तसलिमा सुलतना बुसारा पक्राउ परेकी हुन् । प्हरीले उनको साथबाछ करिब आधा केजी सुन बरामद गरेको जनाएको छ ।

दुबईबाट नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ आएकी उनले खेलौना र कफीको कार्टुनभित्र तरल सुन लेपन गरेर ल्याएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्