निषेधित क्षेत्र तोडेपछि बानेश्वरबाट ४९ जना पक्राउ


 


काठमाडौँ, फागुन १४ । काठमाडौँको बानेश्वरस्थिर संसद भवन अगाडिबाट निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा संसद भवन अगाडि प्रदर्शन गरिरहेका लघुवित्तपीडितहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी ९एसपी० नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा ४८ जना महिला र १ जना पुरुष छन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्