नेप्से १३ अंकले बढ्यो, कारोबार रकम घट्यो


 


काठमाडौं, फागुन १४ । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से १३.२८ अंकले बढेर एक हजार ९ सय ९२ दशमलव ३० विन्दुमा बन्द भएको हो ।

नेप्से परिसूचकका सुधार आएपनि कारोबार रकम भने बढ्न सकेको छैन । आइतबार ३ अर्ब ८ करोडको कारोबार भएको नेप्सेमा आज २ अर्ब १ करोड ७७ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १६७ वटाको बढेको छ भने ७५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६२३२.३० रुपैयाँ पुगेको छ ।

आज समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडको ९ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्