सुस्त मनस्थितिकी बालिका बलात्कार आरोपमा एक वृद्ध पक्राउ


 


रोल्पा, फागुन १५ । रोल्पामा सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

प्रहरलिे बालिका बलात्कार आरोपमा जिल्लाको सुनिलस्मृति गाउँपालिका–१ घोडा गाउँका ६३ वर्षीय शेरे कामीलाई पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका छोपी कामीले ती बालिकालाई बलात्कार गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए ।

पानी पिउने बहानामा पुगेका कामीले पानी मागेर खाएपछि बालिकालाई पसलमा खानेकुरा किनिदिने भनी झुक्याएर एकान्तमा पुर्‍याइ बलात्कार गरेको उजुरीमा उल्लेख छ । उनका अनुसार घटना राति ९ बजेको हो ।

आरोपितलाई पक्राउ गरी ‘जबरजस्ती करणी’ शीर्षकमा मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्