बेपत्ता तामाङलाई खोज्न आज सेती नदीको बाँध खोलिँदै, सुरक्षित रहन आग्रह


 


काठमाडौं । माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज पोखराको सेती नदीको बाँध खोलिँदै छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान ८ बजदेखि बाँध खोल्न लागिएको हो ।

बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन कास्की प्रहरीले आग्रह गरेको छ ।

चार दिनअघि सेती नदीमा माछा मार्ने क्रममा पोखरा १ सिम्पानीका मानबहादुर लामा तामाङ बेपत्ता छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको हो ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्