ठगी आरोपमा चिनियाँ कम्पनीविरुद्ध आरती स्टिलद्वारा मुद्दा दर्ता


 


काठमाडौँ । एक चिनियाँ कम्पनीले नेपाली कम्पनीलाई ठगी गरेको पाइएको छ । सामान पठाउने भन्दै अग्रिम भूक्तानी माग गरिए पनि न त सामान डेलिभर गरेको छ न रकम फिर्ता नै ।

आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले चिनियाँ कम्पनी वुटाई स्टिलबाट ७ सय मेट्रिक टनको स्टिल उत्पादन अर्डर गरेको थियो, जसका लागि चिनियाँ कम्पनीले अग्रिम भुक्तानी मागसमेत गरेको थियो ।

तर, चिनियाँ कम्पनीले आरती स्ट्रिप्स प्राइभेट लिमिटेको पटक–पटक रिमाइन्डर गर्दा पनि उत्पादन पुर्याएको छैन । आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले वुटाई स्टिल विरुद्ध आर्थिक अनियमितताको उजुरी दर्ता गरेको छ ।

यसैबीच, वुटाई स्टिलले वुटाई स्टिलमा आन्तरिक समस्याका कारण आरती स्टिल प्राइभेट लिमिटेडसँगको सम्झौताको दायित्व पूरा गर्न नसकेको बताएको छ । बेइजिङस्थित नेपाली दूतावासले पनि आफ्ना समकक्षीसँग यो विषय उठाएको भए पनि चिनियाँ पक्षबाट सन्तोषजनक जवाफ नआएको जनाइएको छ ।

चीनबाट कपडा, जुत्ता, खेलौना लगायतका वस्तु आयातमा संलग्न भई चिनियाँ कम्पनीले कैयौं नेपाली व्यवसायीलाई ठगिसकेको छ । उनीहरुको गुनासो काठमाडौंस्थित चिनियाँ दूतावासले खारेज गरि ठगीमा मुद्दा चलाउने विषयमा समर्थन जनाएको छ।

बेइजिङस्थित नेपाली दूतावास पनि उनीहरुलाई सहयोग गर्न नसक्ने अवस्थामा छ । यसरी चिनियाँ कम्पनीले नेपाली कम्पनीहरुलाई ठूलो ठगी गर्ने र लुट मच्चाउने काम गरिरहेका छन्। यसमा पनि सरकार मूकदर्शकजस्तै बनेको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्