आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड


 


चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गर्दै छन् । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बिहीबार चितवन गुगिसेका छन् ।

उनले आज दिउँसो १ बजे नारायणी नदी किनारमा भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन् । उद्घाटन अघि पूर्व–पश्चिम राजमार्ग केन्द्रित गरी विभिन्न स्थानबाट विविध झाँकीसहितको ¥याली निकाल्ने तयारी छ ।

भरतपुर महानगरपालिकाको आयोजना र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित भ्रमण वर्ष मनाउन लागिएको हो । उद्घाटन कार्यक्रममा सहभागी हुन विशिष्ट व्यक्तिहरु आउने क्रम जारी छ ।

महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरूको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरेको छ ।

उद्घाटन समारोहमा करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ ।

भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाइमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन् । भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ।

प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्