एमाले भोजपुरको नवौं जिल्ला अधिवेशन वैशाख ३ र ४ गते हुने


 


भोजपुर, फागुन १९
नेकपा एमाले भोजपुरमा नवौं जिल्ला अधिवेशन २०८१ वैशाख ३ र ४ गते हुने भएको छ ।

शनिबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले आगामी वैशाख ३ र ४ गते जिल्ला अधिवेशन गर्ने मिति तय गरेको एमाले भोजपुरका उपाध्यक्ष मक्कर खड्काले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशनको मिति तय लगायतका समसामयिक विषयमा केन्द्रित रहेर शनिबार भोजपुर एमालेको जिल्ला कमिटीको पूर्ण वैठक बसेको थियो ।

बैठक एमाले पार्टी सचिव एवम् कोशी प्रदेशका इन्चार्ज रघुबिर महासेठको प्रमुख आतिथ्यमा भएको थियो । बैठकलाई इन्चार्ज महासेठ, स्थायी कमिटी सदस्य शेरधन राई, पार्टी केन्द्रीय सदस्य रबिन कोइराला लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्