शालिन मृत्यु प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै अस्पताल अगाडि प्रदर्शन


 


काठमाडौँ, फागुन २० । चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलका आफन्तले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन् ।

शालिनका परिवारले बलात्कारपछि हत्या गरिएको आरोप लगाए पनि पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको देखिएपछि उनीहरूले अस्पताल अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा जबरजस्ती अस्पताल छिर्न खोज्ने केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको पोखरेल मृत फेला परेकी थिइन् । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्