आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना


 


काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसकारण देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाकाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाकाले जनाएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्