नयाँ गठबन्धनबाट आज तीनजना मन्त्रीले शपथ लिँदै


 


काठमाडौं, फागुन २१ । नयाँ सत्ता गठबन्धनबाट आज तीनजना मन्त्री नियुक्त हुनुहुने भएका छन् ।

सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हो । उनीहरुलाई आजै सपथ गराइने जानकारी दिइएको छ ।

यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ मन्त्रीको शपथबारे शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी समेत गराइसकेका छन् ।

नयाँ बन्ने मन्त्रीलाई तत्कालका लागि बिना विभागीय मन्त्री बनाउन लागिएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्