धनकुटा रातो सेमिफाइनल प्रवेश


 


धनकुटा, असार १
gn3_633222079धनकुटामा जारी शहिद भीमनारायण अन्तर्राष्टिय आमन्त्रण गोल्डकप फूटवल प्रतियोगितामा आयोजक धनकुटा रातो सेमिफाइनलमा प्रवेश गरेको छ। मोरङ फुटवल क्लबलाई  ट्राइबेकरमा हराउँदै धनकुटा रातो सेमिफाइनलमा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेटसम्म दुवै टीमबाट १—१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा प्रवेस गरेको थियो। ट्राइबेकरमा मोरङ ११ का अनिल धिमाल चुकेका थिए। उनको प्रहार पोष्टको दाँयापटि बाट बाहिरिहएको थियो। यस अघि ट्राइबेकरमै धनकुटा रातोका सुजल श्रेष्ठको प्रहार पोलमा लागेर बाहिरीएको थियो भने मोरङका बुद्धमान राईको पेनाल्टी प्रहार पनि बाहिरिएको थियो।
खेल सुरु भएको ५ औं मिनेटमा नाइजेरियन खेलाडी सेड्रिक ओबाको क्रसपासमा धनकुटा रातोका लागि दिपक राईले पहिलो गोल गरेका थिए। दोस्रो हाफको ३७ औं मिनेटमा आयोजक धनकुटाका डिफेन्डर बिक्रम लिम्वुले डि बक्स एरियाभीत्र बल हातले छोएपछि बिपक्षि टिमले पेनाल्टीको पाएको थियो।
पेनाल्टीमा मोरङका निरज बस्नेतले गोल गरे। निर्धारित ९० मिनेटको समयमा दुवै तर्फबाट १-१को बराबरी गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर अतिरिक्त समयमा पनि दुवै टीबाट गोल हुन सकेन। यसपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो।
खेलको म्यान अफ द म्याच मोरङका गोल किपर किशोर गिरी भए। बुधवार हुने अन्तिम क्वाटर फाइनल खेल ब्वाइज यूनियन क्लव काठमाडौं र भारतको कञ्चनजंघा फूटवल क्लव बीच हुने आयोजकले बताएका छन् ।
तस्बिर गोलनेपाल बाट

प्रकाशित मिति: १ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्