प्रचण्ड र ओलीबीच सहमति- सरकारको बाँकी कार्यकाल आधा-आधा


 


काठमाडौं, फागुन २१ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा-आधा बाँड्ने सहमति भएको छ ।

कांग्रेससहितको गठबन्धन भकिएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि प्रचण्ड र ओलीबीच यस्तो सहमति भएको हो ।

एमाले स्रोतका अनुसार ओली र प्रचण्डबीच सरकारको बाँकी कार्यकाल दुई-दुई वर्ष बाँड्ने सहमति भएकाे छ । उनका अनुसार सुरुको दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री रहनेछन् ।

प्रचण्ड यसअघि पोहोर पुस १० गते एमालेकै समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यतिबेला ओली र प्रचण्डका बीचमा साढे २ वर्षर साढे २ वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो ।

तर दुई महिनामै प्रचण्डले गठबन्धन फेरेर कांग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेको थियो । अहिले फेरि पुरानै गठबन्धन ब्युँतिएको हो ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्