शक्ति बाँडफाँटका लागि गठबन्धनको दोस्रो बैठक बालुवाटारमा


 


काठमाडौँ, फागुन २१ । शक्ति बाँडफाँटका लागि नयाँ गठबन्धनको दोस्रो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

शक्ति बाँडफाँटमा सहमति जुटाउन एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका हुन् ।

नेताहरूबीच आजै बिहान बसेको बैठकले एमाले, रास्वपा र माओवादीबाट एक–एक मन्त्री पठाउने र आजै शपथ गराउने सहमति भएको थियो ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्