मोरङमा सशस्‍त्रका डिएसपी मृत फेला


 


काठमाडौं, फागुन २१ । मोरङमा सशस्त्र प्रहरी बलका डिएसपी ३८ वर्षीय उपेन्द्र बस्याल मृत फेला परेका छन् ।

सोमबार दिउँसो साढे २ बजेतिर धनपालथान गाउँपालिका-३ स्थित प्रस्‍तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डिएसपी बस्याल झुण्डिएको अवस्थामा फेला परेका हुन्।

डिएसपी बस्याल गुल्मको क्वार्टरस्थित कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले जानकारी दिए ।

यस घटनाबारे सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले पनि पुष्टि गरेका छन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्